Logo
१ चैत्र २०८१, शनिबार

सुनको भाउमा नयाँ रेकर्ड कायम

अक्षरपाटी
२०८१ फागुन १३ , मंगलबार ११:०२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य ५ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । फागुन ८ गते पनि सोही मूल्यमा पुगेको थियो ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँमा रहेको चाँदी यस दिन १९७० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी
यो पनि हेर्नुहोस् : ९०० ले बढ्यो सुनको मुल्य