Logo
२७ चैत्र २०८१, बिहीबार

दर्शनार्थी चढेको भ्यान दुर्घटना : एकको मृत्यु, तीन घाइते

अक्षरपाटी
२०८१ फागुन १४ , बुधबार ०२:०२ मा प्रकाशित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेर दुर्घटना भएको हो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा ६च ४९४४ नम्बरको भ्यान बिहीबार सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीले दुर्घटनामा गम्भीर घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ ।

भ्यान दुर्घटना