Logo
१ चैत्र २०८१, शनिबार

कला, साहित्यका क्षेत्रमा देशकै ठूलो पुरस्कार स्थापनाका लागि आजदेखि धनगढीमा महायज्ञ

अक्षरपाटी
२०८१ फागुन २१ , बुधबार ०६:०३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुभारम्भ हुन लागेको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आजबाट सुरु हुने महायज्ञ फागुन २७ गतेसम्म चल्ने छ।

भागवत मञ्जरी राधिका दासीबाट भागवत कथा वाचन हुने सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए।

देशको सर्वोच्च पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गर्न तथा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि महायज्ञ आयोजना गर्न लागेको अध्यक्ष पाण्डेयले बताए। महायज्ञमा भागवत कथा वाचनका लागि दासी तीनदिन अघि नै धनगढी आइसकेकी छन्।

‘विभिन्न शक्तिपीठसहित पवित्र तथा पावन भूमिका रुपमा चिनिएको सुदूरपश्चिममा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिन महायज्ञको आयोजना गर्न लागेका हौं,’ समाजका अध्यक्ष पाण्डेले भने, ‘साहित्य, कला, सँस्कृति पुरातत्वजस्ता वाङ्मयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनाको उद्देश्य र सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि महायज्ञ आयोजना गर्न लागेका छौं।’

भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसेको छ।

देश र विदेशका सहेका श्रष्ठाहरुलाई धनगढीमा आमन्त्रण गरेर साताव्यापी रुपमा गरिएका तीं कार्यक्रमहरुले यस क्षेत्रका गौरव गाथा अन्तर्राष्ट्रिय रुपमै बढाएको छ।

महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महायज्ञमा प्रमुख वाचिका राधिका दासीले पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सहभागिताका लागि सबैलाई आग्रह गरेकी छन्।