Logo
१७ चैत्र २०८१, सोमबार

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

अक्षरपाटी
२०८१ चैत्र ११ , मंगलबार ०९:०३ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।

कुलमान घिसिङ