Logo
१९ चैत्र २०८१, बुधबार

इटहरीको सपिङ कम्प्लेक्समा भिषण आगलागी

अक्षरपाटी
२०८१ चैत्र १२ , बुधबार ११:०३ मा प्रकाशित

धरान । इटहरीको मुख्य चोकमा रहेको सपिङ कम्प्लेक्समा आगलागी भएको छ। व्यवसायी राजेश श्रेष्ठले सञ्चालन गरेको व्यवसायीक भवनमा आगलागी भएको हो । उक्त भवनमा लक्ष्मी सनराइज बैंक,बरण्डा होटेल र दर्जनौं व्यवसाय सञ्चालनमा छन्। नौ तले भवनको चौथो र पाँचौ तलाबाट आगलागी सुरू भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।

उनले आगलागी नियन्त्रणमा लिन चारवटा दमकलबाट पानी हाल्ने काम भइरहेको बताए । उनले भवनबाट मानिसलाई उद्दार गरि आगो निभाउने प्रयास भइरहेको बताए। आगलागीको कारण खुलेको छैन।

भिषण आगलागी