Logo
१९ चैत्र २०८१, बुधबार

तोलामा १ हजार ३ सयले बढ्यो सुनको मूल्य

अक्षरपाटी
२०८१ चैत्र १३ , बिहीबार १०:०३ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सुनचाँदी
यो पनि हेर्नुहोस् : सुनको भाउ हालसम्मकै उच्च