Logo
१९ चैत्र २०८१, बुधबार

रविन्द्र मिश्र, धवल शमशेर राणा र दुर्गा प्रसाईंलाई विदेश भ्रमणमा प्रतिबन्ध

अक्षरपाटी
२०८१ चैत्र १७ , सोमबार ०१:०३ मा प्रकाशित

काठमाडौं। राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र दुर्गा प्रसाईंलाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गरेको छ।

मिश्र र राणा प्रहरी हिरासतमा छन्। उनीहरुको म्याद थपिएको छ।

गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको हो।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा सहभागी अन्य १० जनालाई समेत विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ।

अनुसार गृहमन्त्रालयले विदेश यात्रामा प्रतिबन्ध लगाइएकाहरूमाथि निगरानी गर्न सबै अध्यागमन कार्यालय र नाकाहरूमा परिपत्र गरिसकेको छ।

चैत १५ गते तीनकुनेमा राजावादी समर्थकको आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको भनी अनुसन्धान जारी गरेको छ।

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा परी एक पत्रकारसहित दुईजनाले ज्यान गुमाएका छन्।प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र राजावादी समर्थकबाट भएको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको हो।

राप्रपा