Logo
१९ चैत्र २०८१, बुधबार

सभामुख देवराज घिमिरेलाई रवि लामिछानेले भेटे

अक्षरपाटी
२०८१ चैत्र १८ , मंगलबार ११:०४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् ।

आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन गएका हुन् ।

यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् ।

रवि लामिछाने