Logo
२८ चैत्र २०८१, शुक्रबार

ओलीसँगको भेटपछि मोदीले भने – भेटघाट फलदायी रह्यो

अक्षरपाटी
२०८१ चैत्र २१ , शुक्रबार ०४:०४ मा प्रकाशित

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रहेको बताएका छन् । बिमस्टेक सम्मेलनका क्रममा बैंककमा शुक्रबार ओलीसँग भेटवार्ता गरेका मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी गराएका हुन् ।

उनले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको पनि उल्लेख गरेका छन् । नेपाली भाषामै मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ ।’

उनले विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

नरेन्द्र मोदी