Logo
३० चैत्र २०८१, आईतबार

तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ : बालेन शाह

अक्षरपाटी
२०८१ चैत्र २५ , मंगलबार ११:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका बीच प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।

महर्जनको कीर्तिपुरस्थित घरमा पुगेर परिवारका सदस्यहरूलाई भेटेका मेयर बालेन शाहले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन्।

मेयर शाहको सचिवालयले दिएको जानकारीअनुसार मंगलबार मेयर शाह महर्जनको घरमा पुगेका थिए।

राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो। प्रहरी सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले व्यक्तिगत घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका थिए।

तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।

बालेन शाह