काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । केही दिनयता निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य बिहीबार तोलको १ लाख ९० हजार पार भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा देखिएको व्यवसायी बताउँछन् ।
सुनचाँदी