Logo
९ वैशाख २०८२, मंगलबार

ब्राजिलका फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

अक्षरपाटी
२०८२ वैशाख ९ , मंगलबार १०:०४ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारीले स्वागत गरेका छन् ।

काठमाडौंमा जारी तेस्रो संस्करणको एनपीएलको दोस्रो क्वालिफायर हेर्न विशेष अतिथिको रूपमा उनी नेपाल आएका हुन् ।

कार्लोसले बुधबार (भोलि) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।

नेपाल सुपर लिग फुटबल