Logo
१२ वैशाख २०८२, शुक्रबार

जनमत र नाउपा पार्टीबीच वैशाख १७ गते एकता गर्ने तयारी

अक्षरपाटी
२०८२ वैशाख ११ , बिहीबार ०१:०४ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ ।

एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए ।

जनमत पार्टी नागरिक उन्मुक्ति पार्टी