Logo
२२ वैशाख २०८२, सोमबार

नीति तथा कार्यक्रमले सत्ताधारी दलमै उत्साह जगाउन सकेन : प्रचण्ड

अक्षरपाटी
२०८२ वैशाख २२ , सोमबार ०२:०५ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले सत्ताधारी दलमै पनि उत्साह जगाउन नसकेको बताएका हुन् ।

प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने ।

प्रचण्डले दुईतिहाइको बहुमत प्राप्त सरकारले कुशासन मात्र दिएको बताए । ‘दुईतिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार औपचारिता पूरा गर्न मात्र आएको देखिन्छ,’ उनले भने, ‘यो सरकारले जनस्तरको असन्तोष, अर्थतन्त्रको जटिलता कार्यान्वयन गर्न सकेको छैन ।’

प्रचण्ड