Logo
२५ वैशाख २०८२, बिहीबार

राजावादीले गरे जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

अक्षरपाटी
२०८२ वैशाख २५ , बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं । राजावादीले राजसंस्था पुनर्स्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् ।

राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेका हुन् ।

बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

उनले आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएकाले कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने आन्दोलन शान्तिपूर्ण हुने बताए ।

उनले भने हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं ।

राजतन्त्र स्थापनाका लागि कांग्रेस (बीपी), राष्ट्रिय शक्ति, शिव सेना नेपाल, राप्रपा लगायतले पनि उनीहरुलाई साथ दिएका छन् ।

घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, कलाकार सन्तोष पन्त लगायत उपस्थित छन् ।