काठमाडौं । भारत-पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजरमा राखेर सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चेकप्वाइन्टहरू राखेको छ।
४८ घण्टामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरीले ३१२ पटक सीमा क्षेत्रमा गस्ती समेत गरेको छ।
‘सामान्यत: नियमित रूपमा यति धेरै संख्यामा चेकप्वाइन्टहरू राखिन्न। अहिले चाहि गस्ती र जाँच गर्ने संख्या बढाइएको छ,’ उनले भने।
मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको छ।
एसएसबीसँग संयुक्त गस्ती मंगलबार २० वटा, बुधबार १६ वटा र बिहीबार ४८ वटा गरिएको डिएसपी थापाले बताए।
त्यस्तै एकल पेट्रोल मंगलबार ८९ वटा, बुधबार ६४ वटा र बिहीबार ७५ वटा गरिएको छ।
सीमा क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरूबाट १० हजार भन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन भएको छ।
सशस्त्र प्रहरी