Logo
२९ वैशाख २०८२, सोमबार

बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रमको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

अक्षरपाटी
२०८२ वैशाख २९ , सोमबार ११:०५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६९औं बुद्ध जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रमको उद्घाटन गरेका छन्।

कार्यक्रममा सहभागी हुन उनी आज बिहान लुम्बिनी पुगेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गरे।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषद्वारा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष बद्री पाण्डे, संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीपरिषद्का सदस्यहरू र कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको कोषले जनाएको छ।

कार्यक्रमलाई भव्य बनाउन लुम्बिनी क्षेत्रलाई विशेषरूपमा सजाइएको छ।

बुद्ध जयन्ती