काठमाडौं । नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
यातायात व्यवसायीहरूको विरोधका कारण सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प छ । यात्रुहरु अलपत्र परेपछि प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
बन्दको घोषणा गरेपछि आज बिहानैदेखि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ ।
निःशुल्क बस सेवा