काठमाडौं । आन्दोलन नरोकिएसम्म राप्रपाका सांसदहरुले पीएसओ फिर्ता नपाउने भएका छन् ।
राप्रपा, राप्रपा नेपाललगायत राजावादीहरूले संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिएका पीएसओहरू फिर्ता गरेको थियो ।
प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसदहरु बुद्धिमान तामाङ, पशुपति शमशेर राणा, दीपक सिंह, ज्ञानेन्द्रबहादुर शाहीलगायतका पीएसओ फिर्ता बोलाएको छ ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गरेका थिए ।
त्यसको जवाफमा गृहमन्त्री रमेश लेखकले आन्दोलन नरोकेसम्म पीएसओ फिर्ता नपाउने बताएका हुन् । आन्दोलन रोक्ने बित्तिकै पीएसओ पठाइने लेखकले बताए ।
आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउनुपरेको उनको भनाइ छ ।