Logo
२५ जेठ २०८२, शनिबार

नयाँ तदर्थ समिति गठनको माग गर्दै तरूण दलको प्रदर्शन

अक्षरपाटी
२०८२ जेठ २४ , शुक्रबार ०३:०६ मा प्रकाशित

काठमाडौं । नेपाल तरूण दलको असन्तुष्ट पक्षले नयाँ तदर्थ समिति माग गर्दै प्रदर्शन गरेको छ।

विद्वान गुरूङ नेतृत्वको अहिलेको तरूण दलले महाधिवेशन गर्न नसक्ने देखिएकोले नयाँ तदर्थ समिति गठनको मागसहित उनीहरूले सानेपास्थित पार्टी कार्यालयनजिकै शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन्।

तरूण दलमा महाधिवेशन नभएको करिब १० वर्ष हुन लागेको छ।

नेपाली कांग्रेसले तरूण दल, नेविसंघ, महिला संघ, किसान संघजस्ता भ्रातृ संस्थाको नियमित अधिवेशन गराउन सकेको छैन भने तदर्थ समिति गठन गर्दै आइरहेको छ।

यी भ्रातृ संस्थाको म्याद गत चैत मसान्तमै सकिएको हो। तर हालैको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नयाँ तदर्थ समिति गठनभन्दा पनि अहिलेकालाई नै निरन्तरता दिने कुरा राखेपछि तरूण दलभित्रका असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन्।