Logo
२९ जेठ २०८२, बुधबार

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, मतदान भोलि

अक्षरपाटी
२०८२ जेठ २८ , मंगलबार ०१:०६ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

मंगलबार अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ ।

आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्यतालिकामा उल्लेख छ ।

कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् ।