Logo
३२ जेठ २०८२, शनिबार

दुई दलको सहमतिमा दुई दलको असहमति

अक्षरपाटी
२०८२ जेठ ३१ , शुक्रबार ०४:०६ मा प्रकाशित

काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति भए पनि दुई दल भने असहमत भएका छन्।

सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भए पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने असहमति जनाएका छन्।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमनितमा हस्ताक्षर गरे पनि दुई प्रतिपक्षी दलले भने असहमति जनाएका हुन।