काठमाडौं । चर्चित गायक तथा संगीतकार डीबी गुरुङको आवाजमा ‘मन चोर्नेलाई कहाँ दिउँ उजुरी’ बोलको कौडाको सांगीतिक भिडियो सार्वजनिक भएको छ ।
यस अघि तमामौ गीतमा आवाज दिएर चर्चा कमाएका गायक गुरुङले कौडा भाकाको गीत सार्वजनिक गरेका हुन्।
गीतमा राजकुमार बगरको शब्द तथा लय छ । गीतको भिडियोमा रीता तामाङ, प्रताप सुनुवार, बिनोद राजथला, अमृत राजथला र भवानी प्रसाद कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी, सम्पादन सहयोगीमा नन्दु भाइ लिम्बु र विजय लिम्बु रहेका छन् भने छायाँकन र सम्पादन सुवास लिम्बुले गरेको भिडियोको कोरियोग्राफी र निर्देशन रोहित लाम्गादे र राज लावतीले गरेका छन्।