० शिवराज योगी
‘ऋण लागोस् तर दिन नलागोस्’ । पूर्वजहरुको भोगाइबाट स्थापित यीँ वाक्यहरु शब्दका गुच्छा मात्र होइनन् ।
अग्रजहरुले जीवनको प्रयोगशालमा अनुभवको आरनबाट निर्माण गरेका कैयौँ भनाइहरु ‘मन्त्र’जस्तै छन्, हुन्छन् पनि ।
विज्ञानको युगमा पनि शास्त्र युगका मान्यताहरु कहीँ फेल खाँदैनन् । बरु विज्ञानका लागि नवनिर्माणको आधार बनेका छन् ।
धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर । दुई तला माथि । सर्जिकल वार्ड । बेड नम्बर १४ ।
डिभोटी होटेलबाट हसनपुर मोडिँदैगर्दा देब्रेपट्टि छ, यो अस्पताल ।
यहाँ पुग्नुभयो भने अधबैंशे एक जोडी कुसल नर्स झैँ बिरामीको सेवामा तल्लिन देख्नुहुनेछ ।
धनमाया लिम्बु र युवराज लिम्बु न नर्स हुन, न स्वास्थ्यकर्मी । तर उनीहरु कुशल स्वास्थ्यकर्मी झैँ सक्रिए देखिन्छन् ।
अस्पतालको शय्या (बेड) मा अचेत लडिरहेकी बन्दना लिम्बुको सेवामा अनवरत लागिरहेका हुन्छन् उनीहरु ।
गरिबी थियो । जोतिखाने गह्रो थिएन । डडेल्धुरामा अर्काको जमिन भाडामा लिएर बनाइएको छाप्रोभित्र पनि सन्तोसको निद्रा लागेकै थियो । अभावमा पनि इच्छाहरुलाई सीमित गरिदिने हो भने सन्तोस खोज्न टाढा पनि त जानुपर्दैन ।
गरिबी थियो । जोतिखाने गह्रो थिएन । डडेल्धुरामा अर्काको जमिन भाडामा लिएर बनाइएको छाप्रोभित्र पनि सन्तोसको निद्रा लागेकै थियो ।
अभावमा पनि इच्छाहरुलाई सीमित गरिदिने हो भने सन्तोस खोज्न टाढा पनि त जानुपर्दैन । त्यही छोप्रो भएको जमिन साहुले बेचिदिएपछि उनीहरुले टहरो अन्तै सारेका थिए ।
त्यस्तै थियो लिम्मु परिवारको दैनिकी । जे कमायो त्यही खायो, जे छ त्यसैमा रमायो !
काखमा एक छोरा, एक छोरी । युवराज र धनमाया पसिना काढेरै ऋणको मैलो पखालिरहेका थिए । ज्याला–मजदुरी गरेरै जीनवको रथ चलेकै थियो ।
एकाएक ‘दिन’ लाग्यो !
२४ वर्षीय छोरा सामान्य चोरी अभियोगमा थुनामा परे । त्यो विरक्तिमा आशाको सम्पूर्ण किरण उनीहरुले छोरी बन्दनाको अनुहारमा देखे ।
तेजस्वी अनुहार र सुशील स्वभावकी १८ वर्षीया बन्दना एसईई दिएर क्याम्पस पढ्ने सपना बुनिरहेकी थिइन् ।
२०८१ साउन ३१ गतेको दिन लिम्बुको परिवारलाई नै थला पार्ने क्षण बनेर आयो । साउनको अन्तिम दिन लिम्बु परिवारबाट डुबेको खुशीको घाम आज पनि फेरि उदाउन सकेको छैन ।
क्याम्पस पढ्ने तयारीका लागि सिक्दै गरेको साइकलबाट बन्दना उठ्नै नसक्ने गरी पछारिइन् । घरदेखि पर लडेकी उनलाई बाटो हिँड्नेले उठाएर अस्पताल पुर्याए ।
टाउकोमा गहिरो चोट लागेकी उनको उपचार डडेल्धुरामा हुन सकेन । त्यही रात उनलाई धनगढीको निसर्ग हस्पिटलमा पुर्याइयो ।
साउन ३२ गते बन्दनाको टाउकोको ठूलो अप्रेसन गरियो । निको भइजाला भनेर कुरिबसेका बाआमाको आशामा तुसारापत भयो ।
दिन, साता र महिना बिते । अब त बर्षैदिन पुग्नलाग्यो । बन्दना उठ्नै सकेकी छैनन् । ‘जता पल्टायो त्यतै पल्टिन्छे’, आमा धनमायाले भनिन्, ‘पुतलीजस्ती छोरी, कस्तो मुडोजस्ती भई…!’
दिन, साता र महिना बिते । अब त बर्षैदिन पुग्नलाग्यो । बन्दना उठ्नै सकेकी छैनन् ।
‘जता पल्टायो त्यतै पल्टिन्छे’, आमा धनमायाले भनिन्, ‘पुतलीजस्ती छोरी, कस्तो मुडोजस्ती भई…!’
पहिलो अप्रेसनले निको नभएपछि बन्दनाको चार महिनापछि मंसिर ९ गते टाउकोको अर्को अप्रेसन भयो । लगत्तै तेस्रोपटक पनि अप्रेसन गरियो ।
जुरुक्क उठ्लिन् । ‘ओहो कति लामो निद्रा सुतेछु’ भन्दै छोरीको बोली फुट्ला कि भन्ने बुवा युवराजको जीजिविषा थियो ।
अहँ, उठ्नु त परै जाओस, ओर्किने र फर्किनेसम्म पनि गर्दिनन्, बन्दना ।
थाहा छैन परीक्षाफल
एसईई दिएर रिजल्टको पर्र्र्र्खाइमा साइकल सिक्न हिँडेकी बन्दना सपना सुनाउँथिन रे ! आमाबुलाई स्वर्णिम पलको आसाले पुलकित बनाउँथिन रे !
‘अब म ठूली भएँ, एसईई पास हुन्छु, ११ मा पढ्छु, केही काम पनि गर्छु’, छोरीले सुनाएका सपना आमा धनमायाले सम्झँदै सुनाईन्, ‘अब तपाईँहरुका दुःखका दिन गए, छोरी पढ्छे, कमाउँछे, तपाईँहरुलाई सुख दिन्छे, धेरै चिन्ता नलिनु ।’
एक निमेश रोकिइन धनमाया । पच्छ्यौरीको सप्कोले सपक्क आँखा पुछिन र भनिन्, ‘हामीलाई सुख दिन्छु भन्ने छोरी आज आफैले दुःख पाएको पनि थाहै नपाउने जिउँदो लाश बनेर लडेकी छ ।’
बस्नलाई त अस्पताल नै घरजस्तै भइसक्यो । नौ दिन बसेको ठाउँ त नौलो लाग्न छोड्छ । उनीहरुले त निसर्ग अस्पतालमै जीवनका ११ महिना बिताइसके ।
बस्नलाई त अस्पताल नै घरजस्तै भइसक्यो । नौ दिन बसेको ठाउँ त नौलो लाग्न छोड्छ । उनीहरुले त निसर्ग अस्पतालमै जीवनका ११ महिना बिताइसके ।
ओखतीमुलो अस्पतालले नै हेरिदिएको छ । बेडको पैसा मागेको छैन । खाने जोहोका लागि धनमायाकी एक बहिनी छन्, कहिले उनले सहयोग गर्छिन, कहिले जेन तेन छान टरेको छ ।
ज्याला मजदुरीले जीवन चलाइआएका लिम्बु दम्पतीलाई छोरी स्याहार्दैमा फुर्सद हुँदैन । आयआर्जनको समय कहाँ मिलोस ।
‘अस्पतालले अहिलेसम्म केही मागेको छैन’, युवराज लिम्बुले भने, ‘हामी दुःखीका लागि यही भगवानको घर भएको छ ।’
छोरा थुनामा हुनु, बस्नलाई घर नहुनु, खानलाई गाँसको टुंगो नहुनुजस्ता पीडा अब उनीहरुलाई पहाड लाग्दैनन् ।
बन्दना लडेको केही समयमै एसईईकी परीक्षाफल आइसकेको थियो । उनी राम्रै अंकमा पास पनि भइन्।
बिडम्बना आफू पास भएको पनि बन्दना आफैलाई थाहा छैन ।
‘छोरी पास भएपछि उसले देखाएको सपना आँखामा फनफनी घुमिरहे’, आमा धनमायाले भनिन्, ‘छोरी तिमी पास भयौ, उठ न ! पढ्न जानुपर्छ, तिमीले हामीलाई सुख दिन्छु भनेको होइन ? दुःखी पो बनायौ छोरी । कैयौँपटक भने, अहँ छोरीका ओठसम्म चल्दैनन् ।’
धनमायाको कन्ठ अवरुद्ध भयो । उनले टाउको पछाडितिर घुमाइन् । दुबै हत्केलाले आँखाको साउन लपक्क पुछिन् । अड्किएको आवाजमा भनिन्, –‘अब त यस्तो भन्न मन लाग्छ सर ! कि निको बनाइदेउ दैव, कि सँगै लगिदेउ !’