Logo
२ असार २०८२, सोमबार

‘अलबिदा’ लेखेर सम्पर्कहीन भएका डाक्टर बालाजुमा भेटिए

अक्षरपाटी
२०८२ असार २ , सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ सहितको सुसाइड नोट लेखी फोन समेत अफ गरी बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा फेला परेका छन्। 

प्रहरी टोलीले उनलाई बालाजुमा सकुशल फेला पारेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

उनको खोजीका लागि परिसरको टोली परिचालन गरिएको थियो।