Logo
२ असार २०८२, सोमबार

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

अक्षरपाटी
२०८२ असार २ , सोमबार ०६:०६ मा प्रकाशित

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् ।

हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र सिक्नुपर्ने धेरै कुरा हुँदाहुँदै पनि हामी सरकारलाई गाली गछौँ । जनप्रतिनिधिलाई सराप्छौँ । सरोकारवाला अधिकारीलाई धारे हात लगाउँछाैँ ।

सरकार, जनप्रतिनिधि, नेता र सरकारी अधिकारीलाई औँला देखाइरहँदा हामी आफू पनि उत्तिकै सभ्य नागरिक हुनु जरुरी पो हो कि ?

महानगरले फोहोर सरसफाइ गर्यो । जथाभावी फोहोर नगरिदिनु त हाम्रो दायित्व हो कि । सडक बत्तिकाे व्यवस्था गर्यो, त्यसकाे पालना गरिदिनु हाम्रो कर्तव्य हो कि ।

दिनभर धुलो खाएर ट्राफिक प्रहरीले हामीलाई नियम सिकाउँछ, उनीहरुको अाखा छल्नु हाम्रो बहादुर होइन कि !

उदाहरका लागि भनौँ- म्याद सकिएका पाउरोटी बेचि नदिनु, बालबालिकाको स्वास्थ्य बिगार्ने चाउचाउ वा चिजबलको व्यापार नगरिदिनु वा ठूलो अन्डाको क्रेटमा मिस्याएर साना अन्डा नबेचिदिनु पनि त हामी नागरिकको दायित्व होला नि ।

नकारात्मक मात्र होइन, सकारात्मक विषय पनि हामी यसरी नै उठान गर्नेछौँ । त्यही विषय उठानका लागि हामीले ‘सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?’ स्तम्भ सुरु गरेका छौँ ।

आज हामीले देखेको दृश्य यहाँ पस्किएका छौँ । अरुप्रति तमामौँ गुनासा बोकेर मौका पाए हामी अाफै नियम मिच्न उद्धत हुन्छौँ । बहादुरी ठान्छाैँ ।

पैदल यात्रीको पहिलो हक लाग्ने जेब्रा क्रसिङमा स्कुले नानीबाबुहरु हिँडिरको देख्दा त अझ सम्मानले रोक्नुपर्ने हो । तर सवारी साधनको यो ज्यादती कुन सभ्य नागरिकलाई सुहाउँछ होला र ? तपाईँ नै भन्नुस ।