कञ्चनपुर । एनएमबि बैंक लिमिटेड, धनगढी चौराहा शाखाको आयोजनामा देखतभुली–५, कञ्चनपुरमा एकदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न गरेको छ ।
धनगढी नेत्रालयको सहकार्यमा आयोजित उक्त शिविरमा करिब ३०० वृद्धवृद्धाहरूले निःशुल्क आँखा परीक्षण, औषधि, प्रेसबायोपिया चस्मा तथा नियमित प्रयोग हुने आँखाका ड्रपहरू प्राप्त गरेका छन्।
शिविरमा परीक्षण गरिएका ३०० जनामध्ये ४१ जनामा मोतियाबिन्दुको लक्षण देखिएकोले उनीहरूलाई थप उपचारका लागि छनोट गरिएको छ। उनीहरूको रक्तचाप र मधुमेहको परीक्षणपछि मोतियाबिन्दुको शल्यक्रिया धनगढी नेत्रालयमा निःशुल्क गरिनेछ।
एनएमबी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र सामुदायिक सेवामा सक्रिय योगदान दिँदै आएको छ। यस प्रकारका प्रयासहरू मार्फत बैंकले सामाजिक रुपान्तरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
एनएमबि बैंक