Logo
१७ असार २०८२, मंगलबार

‘निजामती सेवा विधेयकमा गरिएको छलछाम घोर अपराध हो’

अक्षरपाटी
२०८२ असार १७ , मंगलबार ११:०७ मा प्रकाशित

कोइरालाले भनेका छन् – यो कुनै सामान्य विषय नभई देश, जनता र सार्वभौम संसद्प्रति गरिएको घोर अपराध हो। यस प्रकरणमा संलग्नहरूमाथि तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाउनुपर्ने माग गर्दछु ।

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा गरिएको छलछाम घोर अपराध भएको बताएका छन्।

नेता डा कोइरालाले ‘सर्वसम्मतिले संसद्मा पारित भइसकेको निजामती सेवा विधेयकमा अनधिकृत रूपमा गरिएको हेरफेर संसद्प्रति गरिएको गम्भीर अपमान हो’ भनेका छन्।

सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै डा कोइरालाले लेखेका छन्, ‘यो कुनै सामान्य विषय नभई देश, जनता र सार्वभौम संसद्प्रति गरिएको घोर अपराध हो। यस प्रकरणमा संलग्नहरूमाथि तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाउनुपर्ने माग गर्दछु।’

उनले विधेयकमा परिवर्तन गरिएको व्यवस्था आजै हटाएर विधेयकलाई पुरानै अवस्थामा फर्काउनुपर्ने बताएका छन्।

साथै, ‘कुलिङ पिरियड’ नदिई यो विधेयकका आधारमा कुनै पनि अगाडि बढ्ने कार्य तत्काल रोक्नुपर्ने उनको माग छ।

राज्य व्यवस्था समितिमा दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति भए पनि सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकको अन्तिम मस्यौदा सदस्यहरूलाई हेर्नै नदिएर गलत नियतले अवकाश वा राजीनामा दिएका कर्मचारीले तत्काल नियुक्ति खान पाउने व्यवस्था विधेयकमा घुसाएकाे आराेप लागेको छ ।