Logo
१७ असार २०८२, मंगलबार

झन्डै ११ क्विन्टल गाँजा र अफिमसहित सात जना पक्राउ

अक्षरपाटी
२०८२ असार १७ , मंगलबार १०:०७ मा प्रकाशित

काठमाडौं । लागु औषध नियन्त्रण व्यूरोले करिब ११ क्न्टिल गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै नेपाल प्रहरीले दुई किलो सात सय ग्राम अफिमसहित थप ३ जनालाई पक्राउ गरेको छ ।

घर कम्पाउन्डमा संचय गरिराखेको सूचनाका आधारमा आगू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी र स्थानीय प्रहरीले मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ५ कटहरे पोखरीबाट चार जना मानिस सक्राउ गरेको हो ।

उनीहरुले लुकाइराखेको एक हजार ७४ किलो गाँजा पनि बरामद गरेको प्रहरीका सह प्रवक्ता जिवन निरौलाले बताए।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ५ कटहरेका ७३ वर्षीय हरीबहादुर वाईवा, सोही ठाउँका ४८ वर्षका बुद्दिबहादुर पाख्रिन, सोही ठाउँका ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।

त्यस्तै प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका १ बाट तीन जनालाई समेत पक्राउ गरेको जनाएको छ । २ दशमलव ७ किलोग्राम अफिमसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हुम्ला सार्किघाट ५ का ३४ वर्षीय लोकेन्द्र शाही, सोही ठाउँका २७ वर्षीय शालु शाही र रोल्पा सुनछहारी ३ का ३२ वर्षीया पुर्णिमा पुनमगर भएको सहप्रवक्ता निरौलाले जनाएका छन्।

उनीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको बताइएको छ ।