Logo
२२ असार २०८२, आईतबार

घरको कामले इन्स्टाग्राममा फलोअर्स घटेको भन्दै श्रीमानविरुद्ध उजुरी

अक्षरपाटी
२०८२ असार २२ , आईतबार ०६:०७ मा प्रकाशित

एजेन्सी । घरायसी कामका कारण इन्स्टाग्राममा आफ्ना फलोअर्स घटेको भन्दै भारतमा एक महिला प्रहरीकोमा पुगेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारत उत्तर प्रदेशको नोएडाकी एक गृहिणीले श्रीमानले घरको काम गर्न लगाएपछि आफूले इन्स्टाग्राम चलाउन नपाएको भन्दै उनीविरुद्ध प्रहरीमा पुगेकी हुन्।

निशा नामकी तीँ गृहिणीले आफूलाई इन्स्टाग्राम चलाउन नदिएर घरकै काम मात्र गर्न लगाएका कारण अलोअर्स घटेको भन्दै पतिविरुद्ध उजुरी दिएकी हुन्।

उनले दिनकै इन्स्टाग्राममा दुईवटा रिल पोस्ट गर्दै आएकी थिइन्, तर पतिले सोसल मिडियामा समय नबिताउन भनेपछि त्यो सम्भव नभएको र आफ्ना फलोअर्स घटेकोमा उनी दुःखी भइन्।

सोही पीडाका कारण उनी आफ्नो माइती घर फर्किएर आफ्ना श्रीमानविरुद्ध उजुरी दिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

हापुड लिल्लामा दिएको उजुरीमा उनले बारम्बार श्रीमानको दबावका कारण आफ्नो सामाजिक सञ्जालको सक्रियता घटेको उल्लेख गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार बाहिरिएको छ।

उनले श्रीमानले भाँडा माझ्ने, घर सफा गर्ने काममा बढी लगाएकाले आफू त्यतै व्यस्त भएको र रिल बनाउने समय नै नपाएकाले आफ्नो फलोअर्स घटेको बताएकी छन्।

श्रीमतीले आफूलाई उजुरी दिएको थाहा पाएपछि उनका श्रीमान विजेन्द्रले पनि प्रहरीमा उजुरी दिएका छन्। श्रीमती निशाले सधैँ इन्स्टामात्रै चलाउने, घरको काममा वास्तै नगर्ने गरेको आरोप उनको छ।

दुबैको उजुरी प्राप्त भएपछि प्रहरीले उनीहरुलाई सँगै राखेर परामर्श दिएको थियो।

अहिले उनीहरु सँगै बसेर पारीवारिक जीवन सुधार्ने प्रयास गरिरहेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।

यो सबै झन्झटका कारण जिवेन्द्रले भने जागिर गुमाएको र अहिले नयाँ जागिर खोजिरहेको बताइएको छ।

इन्स्टाग्राम