Logo
२५ असार २०८२, बुधबार

हितेन्द्रका सय दिन : निरन्तर भइरहेका काम नै कार्यप्रगति विवरणमा

अक्षरपाटी
२०८२ असार २५ , बुधबार ०९:०७ मा प्रकाशित

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि उच्च गर्मीका बीच पनि बेलाबेला बिद्युत अवरुद्ध हुने गरेको गुनासो बढेको छ।

कार्यकारी निर्देशक शाक्यले प्राधिकरणमा आपूले दोस्रो कार्यकालको १०० दिनका उपलब्धी सार्वजनिक गर्ने क्रममा अघिदेखि नै सुरु भएका कार्यहरुको विवरण सार्वजनिक गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै शाक्यले आफू नियुक्ति भएको १०० दिनमा गरेका कामको जानकारी दिएका छन्।

उनले पत्रकार सम्मेलनमा भने, ‘म प्राधिकरणमा एमडी भएर आएको आज सय दिन पूरा भएको छ, यो समयमा मैले विद्युत वितरण प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु।’

उनले कार्यप्रगती विवरणमा सबस्टेशन तथा प्रसारणलाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाटको काम भएको उल्लेख गरे।

दमौली–भरतपुर १३२ केभी प्रशारणलाइनको विद्युत शक्ति बहावको क्षमता ७० मेगावाट वृद्धि गरी करिब १३० पुर्याएको दाबी शाक्य छ।

शाक्यले आफ्नो सयदिने उपलब्धीमा काठमाडौं उपत्यकासहितका क्षेत्रहरूमा भरपर्दो आपूर्ति सुनिश्चित गर्न स्यूचाटारस्थि भार सम्प्रेसण केन्द्रबाट १७ वटा सबस्टेसन २४ सै घन्टा निगरानीमा राखेको बताए।

उनले प्रसारणतर्फ यो अवधिमा १०४ सर्किट किलोमिटर नयाँ लाइन थपिएको बताए।

१३२ केभीदेखि ४०० केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माण तीव्र गतिमा अघि बढाइएको उनले जानकारी गराए।

ढल्केबर–हेटौँडा, न्यु खिम्ती–बाह्रबिसे, पोखरा, बालाजुलगायत स्थानहरूमा नयाँ सबस्टेसनको काम भइरहेको शाक्यले बताए।

प्राधिकरणले आफ्नो तरलता व्यवस्थापनका लागि १० अर्ब रूपैयाँ बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट स्वीकृति लिएको पनि शाक्यले अफ्नो उपलब्धीको विवरणमा समेटेका छन्।

चीन र भारतसँगका अन्तरदेशीय प्रसारण लाइनका योजनाले गति लिएको पनि शाक्यको भनाइ थियो।

यसअघि पहिलो कार्यकालमा पूरा अवधि काम गर्न नपाएका शाक्य गत फागुनमा सरकारले कुलमान घिसिङलाई हटाएपछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्ति भएका थिए।

नेपाल विद्धुत प्राविकरण हितेन्द्रदेव शाक्य