काठमाडौं। अब बैंको चेक बाउन्स भएमा चेक चारी गर्ने खातावाल कालोसूचीमा पर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले चेक अनादर व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ जारी गरेसँगै अब चेक बाउन्स प्रमाणित भएमा चेक जारी गर्ने पक्ष कालोसूचीमा पर्ने भएका हुन्।
राष्ट्र बैंकले यससम्बन्धमा बिहीबार सबै बैंक, वित्तीय संस्था तथा सहकारी बैंकका नाममा परिपत्र जारी गर्दै चेक अनादर व्यहोरा प्रमाणित गर्ने कार्यविधि जारी गरिएको जानकारी दिएको हो।
खातामा रकम मौज्दात नभएको वा भए पनि पर्याप्त रकम नभएको अवस्थामा चेक अनादर प्रमाणित हुने भएमा, खातामा मौज्दात भए पनि चेकधारकले उल्लिखित विवरण सही भएको एकीन गर्नसक्ने अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा चेक फिर्ता भएमा चेक अनादर भएको प्रमाणित हुने व्यवस्था गरिएको छ।
चेक अनादर भएमा चेकधारकले चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालोसूचीमा राख्न सम्बन्धित बैंकमा सिफारिस गरेमा कालोसूचीमा राख्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ।
कार्यविधिमा चेक बाउन्स भएमा मिलापत्र गर्न सकिने व्यवस्था समेत गरिएको छ।
कालोसूची चेक अनादर नेपाल राष्ट्र बैंक