काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।
त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ ।
अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।
त्यस्तै विदेश भ्रमणमा जाने नेपालीले आफूसँग लैजान पाउने रकमको सीमा बढाइएको छ।
भारतबाहेकका मुलुकको भ्रमणमा जाने नेपालीले यसअघि प्रतिव्यक्ति २५ सय डलर लैजान पाउने व्यवस्था थियो। अब उक्त सीमा ३ हजार डलरसम्म लैजान पाउने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको छ।
पूर्ण पाठका लागि तलको लिंकमा जानुहोस-
https://www.nrb.org.np/contents/uploads/2025/07/Monetary_Policy_2082-083.pdf
नेपाल राष्ट्र बैंक मौद्रिक नीति