Logo
१८ भदौ २०८२, बुधबार

भारतले बाँधको ढोका खोल्दै, महाकालीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अक्षरपाटी
२०८२ असार २८ , शनिबार ११:०७ मा प्रकाशित

कञ्चनपुर । महाकाली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले सतर्कता अपनाउन भनिएको हो।

महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

विभागले सूचना जारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी, धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ।

पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ।

वर्षायामको बेला बाँधको ढोका खोलिने भएपछि थप जोखिम हुनसक्ने अनुमान गरिएको छ।

तटीय क्षेत्र धौलीगङ्गा जलविद्युत् परियोजना महाकाली