अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का आजिवन सदस्य जीवन्त वाग्ले गम्भिर बिरामी परेका छन्।
क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्को बेरियामा बस्दै आएका वाग्ले ‘ब्रेन टूयमर’ को समस्यासँग जुधिरहेका थिए।
वाग्लेको वालनटक्रिकस्थित जोन्म्यूअर अस्पतालमा ‘ब्रेन ट्यूमर’ को शल्यक्रिया गरेपछि उनी अस्पतालमै उपचाररत छन्।
सन् २०२५ जुलाई ७ मा शल्यत्रिया गरिएकोमा हालसम्म पनि उनी पूर्ण होस नफर्किइसकेको जानकारी उनकी धर्मपत्नी नम्रता बॅास्तोलाले नेजाका पदाधिकारीलाई दिएको विज्ञप्तिमा उल्लेख छ।
जुलाई ६ मा अत्यधिक टाउको दुखेर मार्टिनेज अस्पताल ईमर्जेन्सी गएका वाग्लेलाई सोही राती जोनम्युअर रिफर गरिएको थियो।
‘ट्यूमर’ को ‘बायोप्सी’ रिपोर्ट आएपछि उनको रोगबारे थप यकीन हुनुका साथै चिकित्ससकले उपचार योजना बताउने जानकारी परिवारले दिएको नेजाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।
अपरेशनपछि कस्तो उपचार गर्नुपर्ने, कति समय लाग्ने अहिलेसम्म अनिश्चित नै छ।