Logo
१ असोज २०८२, बुधबार

चाहाना ‘मिस ग्राण्ड नेपाल २०२५’

अक्षरपाटी
२०८२ साउन ४ , आईतबार ०८:०७ मा प्रकाशित

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्।

आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीमध्ये चार जना उत्कृष्ट युवतीले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका छन्।

नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित रंगीन समारोहमार्फत देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो।

दर्शकहरूको बाक्लो उपस्थितिमाझ सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन्।

चार प्रमुख उपाधि विजेताहरू

चाहाना प्रधान – मिस ग्राण्ड नेपाल, गरिमा गुरुङ – मिस टुरिजम वर्ल्ड नेपाल, स्नेहा केसी – मिस सुपर ग्लोबल नेपाल र सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ भएका थिए।

यी विजेताहरूले सौन्दर्यको ताज मात्रै जितेनन्, बरु अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाए।

उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन्।

मुख्य बिजेताले ईभी स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्।

आयोजक संस्था आरके इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएको छ।

प्रतियोगिताका लागि चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए। मेकअप आर्टिस्ट रोजिना सुवाल, मिना जाकि, फोटोग्राफर सन्दीप पण्डित, भिडियोग्राफीको जिम्मेवारी आरके गु्रपलेलिएको थियो।

प्रतियोगिताको पोशाक डिजाइनर नविन लुइँटेल तयार पारेका थिए।

प्रतियोगिताको निर्णायकहरूमा गीता गुरुङ, सुस्मी कँडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला, मिस पबीलगायत तथा ग्रान्ड जजको रूपमा रामहरि सिलवाल रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा रहेका थिए। सभापति राजु श्रेष्ठ सहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, फेसन डिजाइनर, कलाकार तथा सौन्दर्य र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति कार्यक्रमको आकर्षण बनेको हो।

आरके इन्टरटेन्मेन्ट ग्रुप चाहाना प्रधान मिस ग्राण्ड नेपाल २०२५

ट्रेन्डिङ ( साप्ताहिक )