काठमाडौँ । केपी शर्मा ओली तेस्रोपटक अध्यक्ष हुने गरी एमालेमा भइरहको बहसमाथि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तिखो टिप्पणी गरेका छन्।
मंगलबार माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा गरेको कार्यक्रममा धारणा राख्दै भुसालले कम्युनष्टि आन्दोलनमा विभन्न खालका गलत प्रवृत्ति देखिएको भन्दै त्यसमा टिप्पणी गरेका हुन्।
उनले ओलीलाई नेतृत्वमा १५-२० वर्ष नभइ मृत्युपछि पनि राख्ने गरी च्यासलमा बहस भइरहेको टिप्पणी गरे।
भुसालले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अब २० वर्ष मेरो कुर्सी नहेर्नु, अर्कोले २० वर्ष त होइन १०÷१५ वर्ष अरूलाई तयार गर्छु र छाड्छु भन्छ। अर्को जमात आजै च्यासलतिर १० वर्ष २० वर्ष होइन। तिमी आजीवन मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतार्ने काम गरिरहको छ। यो कम्युनिष्ट आन्दोलनका विरोधाभास हो।’
भुसालले ठूल ठूला राजनीतिक आन्दोलन सफल पार्न सकिए पनि घुस नखाने प्रणाली विकसा गर्न नसर्किको उल्लेख गरे।
‘क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ। घुस नखान सकिँदो रहेनछ। घुस खाने र पार्टी कब्जा गर्नको लागि गुटबन्दी नगर्न नसकिँदो रहेछ। दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल पार्न दिएको छैन, भुसालले भने।
घनश्याम भुसाल