काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठूलो व्यापारिक सम्झौता भएको जनाएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएका छन्।
सो सम्झौता अनुसार जापानबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत कर लाग्ने छ। यसैगरी जापानले अमेरिकामा ५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने बताएको छ।
ट्रम्पले यो सम्झौताले अमेरिकामा हजारौँ जनाका लागि नयाँ रोजगारी सिजर्ना हुने विश्वास व्यक्त गरेका छन्।
जापानले अमेरिकामा कार र धान निर्यात गर्ने गरेको छ। व्यापारिक सम्झौतापछि यो निर्यातको क्रम अझ बढी हुने अपेक्षा गरिएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।
राष्ट्रपति ट्रम्पले अहिलेको सम्झौताले दुवै देशलाई लाभ मिल्ने बताउँदै जापान र अमेरिकाको सुमधुर सम्बन्ध अझ धेरै वर्ष रहने कुरामा आशावादी रहेको उल्लेख गरेका छन्।
गत वर्ष जापानबाट २९८ मिलियन अमेरिकी डलर बराबरको धान अमेरिका पुगेको थियो। यसै गरी जनवरीदेखि अप्रिलसम्ममा अमेरिकामा ११४ मिलियन अमेरिकी डलर बराबरको धान पुगेका छ।
अमेरिका जापान डोनाल्ड ट्रम्प