केन्द्रीय समिति बैठकबाट भाग्दै नाउपा अध्यक्ष रन्जिता, बहुमत केन्द्रीय सदस्यद्वारा २४ घन्टाको अल्टिमेटम

अक्षरपाटी
२०८२ साउन ९ , शुक्रबार ०५:०७ मा प्रकाशित

धनगढी। पोखराको लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठकबाट भागिरहेको उनकै पार्टीका बहुमत सदस्यको आरोप छ।

घुसकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान समेत दिएकी नाउपा अध्यक्षलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

अध्यक्ष श्रेष्ठसहितका २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना केन्द्रीय सदस्यले आज बैठक बोलाउन माग गरेका हुन्।

आज बसेको नाउपा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय समिति बैठक बोलाउन निर्णय गरेको हो।

अध्यक्ष श्रेष्ठलाई पटक पटक बैठक बेलाउन आग्रह गरे पनि उनले आनाकानी गर्दै आएको बहुमत केन्द्रीय सदस्यहरूको आरोप छ ।

आज बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन २४ घन्टाको समय दिएको छ।

बहुमत केन्द्रीय सदस्यले अध्यक्षलाई लिखित रूपमा बैठक आह्वान गर्न माग गर्दै पत्र पठाएका छन्।

अध्यक्ष श्रेष्ठ घुस काण्डको अडियोमा मुछिएपछि उनले बैठक बोलाउन आनाकानी गर्दै आएको एक केन्द्रीय सदस्यले अक्षरपाटीसँग बताए।

नागरिक उन्मुक्ति पार्टी रन्जिता श्रेष्ठ