Logo
२९ पुस २०८२, मंगलबार

कर्जा निगरानीमा एकाएक लचक किन राष्ट्र बैंक ?

अक्षरपाटी
२०८२ साउन १३ , मंगलबार ११:०७ मा प्रकाशित

काठमाडौं । कर्जा निगरानीमा नेपाल राष्ट्र बैंक एकाएक लचक भएको छ।

बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा अपेक्षित कर्जा घाटा मूल्यांकनसम्बन्धी कार्यविधि, २०२४ लाई संशोधन गर्दै तेस्रो वर्गमा गणना गरेका कर्जाको किस्ता नियमित भएको खण्डमा कर्जाको वर्ग स्तरोन्नति गर्न ९० दिन मात्रै निगरानी गरे पुग्ने व्यवस्था कायम गरिएको छ।

यसअघि खराब अर्थात् तेस्रो वर्गमा परेको कर्जालाई १८० दिनसम्म निगरानीमा राखेर स्तरोन्नति गर्न सकिने व्यवस्था थियो।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार तेस्रो वर्गको कर्जा तीन महिनामात्रै निगरानीमा राखेर दोस्रो वर्गमा स्तरोन्नति गर्न पाइने भएको छ।

खराब कर्जा नियमित भएपछि राष्ट्र बैंक लचिलो भएको हो। हाल बैंकले सक्रिय कर्जा अन्तर्गत असल र सुक्ष्म निगरानी कर्जा मानेर र निष्क्रिय कर्जा अन्तर्गत कमसल, शंकास्पद र खराबको रूपमा वर्गीकरण गर्दै आएका छन्।

अब भने कर्जाको वर्गीकरण पहिलो वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग मानेर गर्नुपर्ने भएको छ।

एक महिनासम्मको किस्ता भुक्तानी नपुगेका कर्जालाई पहिलोमा, एक महिनाभन्दा बढी तर तीन महिना भुक्तानी नपुगेका कर्जालाई दोस्रो र तीन महिनाभन्दा बढी समयसम्म भुक्तानी नभएको कर्जालाई तेस्रो चरणमा राखेर वर्गीकरण गरिएको हो।

तेस्रो चरणमा तीन महिनासम्म ऋण किस्ता नबुझाएको तथा कालोसूचीमा परेका कर्जा रहन्छन्।

राष्ट्र बैंकको नयाँ नीतिले बैंकको खराब कर्जा घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कर्जा निगरानी नेपाल राष्ट्र बैंक