चार वर्षमै भारतमा ६ सय ६७ बाघको मृत्यु

अक्षरपाटी
२०८२ साउन १३ , मंगलबार १०:०७ मा प्रकाशित

एजेन्सी। भारतमा चार वर्षमा मात्रै ६ सय ६७ बाघको मृत्यु भएको तथ्य बाहिर आएको छ।

यीमध्ये ५० प्रतिशत बाघको मृत्यु संरक्षित क्षेत्रभन्दा बाहिर भएको पाइएको छ।

भारतको राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटिसीए)का अनुसार सन २०२१ देखि २०२५ को आजसम्म ६६७ वटा बाघको मृत्यु भएको र त्यसमध्ये ५१ प्रतिशत बाघ आरक्षण क्षेत्र बाहिर भएको छ।

सरकारी तथ्यांकअनुसार सन २०२१ मा १२९ बाघको मृत्यु भएको छ। त्यस्तै २०२२ मा १२२, २०२३ मा १८२, २०२४ मा १२६ र २०२५ को ६ महिनामा १०८ बाघको मृत्यु भएको छ।

कुन राज्यमा कति बाघ मारे(मारिए?
महाराष्ट्रमा आरक्षण बाहिर सबैभन्दा बढी १११ बाघको मृत्यु भएको छ। त्यस्तै मध्य प्रदेशमा ९० बाघको मृत्यु भएको थियो। एनटिसीएले सन २०१२ देखि २०२४ को बीचमा १५ सय १९ वटा बाघ मरेको पनि जनाएको छ। यीमध्ये ४२ प्रतिशत बाघको मृत्यु आरक्षण बाहिर भएको थियो।

कति छन भारतमा बाघ
भारतमा वर्तमान समयमा ३ हजार ६८२ बाघ रहेको अनुमानित तथ्यांक छ। यसमध्ये ३० प्रतिशत बाघ आरक्षण बाहिर रहने गरेको पनि बताइएको छ।

बाघ भारत