काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालसहित बसेको बैठकमा संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउने विषयमा छलफल भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरू सहभागी थिए । बाहिर मन्त्री हेरफेरको चर्चा चले पनि बैठकमा यस विषयले प्रवेश नै नपाएको स्रोतले बतायो । ‘विचाराधीन विधेयक टुंगो लगाउनेबारे छलफल भयो । मन्त्री हेरफेरबारे कुनै छलफल भएन,’ स्रोतले भन्यो ।
बैठकमा बरु बागमती प्रदेशमा कांग्रेसभित्र चलिरहेको किचलोका विषयमा चासोका साथ छलफल भएको छ । ‘बागमती प्रदेश सरकारको विषयमा कांग्रेसबाट हामी छिटो टुंग्याउँछौँ यो हाम्रो विषय हो भन्ने कुरा आयो’, बैठकपछि एक नेताले भने ।
नेकपा एमाले नेपाली कांग्रेस बालुवाटार बैठक