काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगीले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।
आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ
सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ ट्रेलरमा देखाइएको छ।
आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्नौ बुवाआमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवाहार र दिने तनावलाई ट्रेलर प्रष्ट पारेको छ।
‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा सिनेमाका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई देख्न सकिन्छ। चलचित्र भदौ १३ गते रिलिज हुँदैछ। समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ।
‘गुन्यु चोलो ट्ठ द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो ।
गुन्यु चोलो : द ड्रेस नाजिर हुसेन