काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले लिलाम सम्बन्धि सम्पूर्ण जानकारी ‘लिलाम बिक्री पोर्टल’मार्फत सार्वजनिक गरेको छ।
बैकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाईन पोर्टल सार्वजनिक गरेको प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जनाएका छन्।
बैंकले सञ्चालनमा ल्याएको अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्न लागेका सम्पत्तिहरुको बारेमा तस्बिरसहितका सबै जानकारी र सूचना समेटिएको छ ।
यसका लागि इच्छुक ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर आउने पोर्टल https://auctionassistance.nicasiabank.com जानुपर्ने छ।
जहाँ लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान खुलाइएको छ।
गुगल म्याप सहितका विविध जानकारीहरू उक्त पोर्टलबाट लिन सकिने छ।
त्यति मात्र होइन ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्ति खरिद गर्न चाहेमा थप जानकारी लिन सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने प्रमुख सूचना अधिकारी खनियाले बताए।
पोर्टलबाटै विस्तृत विवरणहरूको जानकारी र सम्पर्क व्यक्तिसमेत तोकिएकाले सिधा कुराकानी समेत गर्न सकिने व्यवस्था बैंकले गरेको छ। यसले खरिदकर्तालाई निकै सहज हुने बैंकको विश्वास छ।
एनआईसी एशिया बैंक लिलाम बिक्री पोर्टल