Logo
१९ वैशाख २०८३, शनिबार

शेयर बजार सामान्य अंकले उकालो

अक्षरपाटी
२०८२ भदौ २ , सोमबार ०५:०८ मा प्रकाशित

काठमाडौं । सोमबार साताको दोस्रो कारोबार दिन। आज शेयर बजार सामान्य अंकले बढेको छ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा बन्द भएको हो।

आइतबार नेप्से २७.१४ अंकले घटेर २७६१.२२ बन्द भएको थियो ।

आज कारोबारमा आएका १७५ कम्पनीको शेयरमूल्य बढेको छ। भने ७४ कम्पनीको शेयरमूल्य घटेको छ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ।

आज बजारमा छ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार नेप्सेमा सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ।

यस कम्पनीको आज २१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

सर्वाधिक मूल्य बढ्नेमा युनियन हाइड्रोपावर कम्पनी रहेको छ।

आज यस कम्पनीको शेयरमूल्य ६.१० प्रतिशतले बढेको हो।

आज सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.८१ प्रतिशतले घटेको छ।

शेयर