एजेन्सी। राम्रो आम्दानीको प्रलोभनमा पारेर घरेलु कामदारको रुपमा खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार गरिएको छ । भारतको नयाँ दिल्लीबाट उद्धार गरेर उनीहरुलाई काठमाडौँ फर्काइएको हो । २४ जिल्लाका ती महिलाहरुबाट मोटो रकम असुलेर दलालहरुले नक्कली कागजातमा तेस्रो मुलुक पठाउन लागेको खुलेको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका ४० मध्ये ३१ जनालाई कुवेत, चार जनालाई ओमान र दुबई अनि एक जनालाई साउदी पठाउने दलालहरुको तयारी थियो । दिल्लीबाट उद्धार गरेर हिजो रुपन्देही ल्याइपुर्याइएका उनीहरुलाई आज काठमाडौँ ल्याइएको छ ।
पीडित महिलालाई सामान्य सोधपुछ पछि घर फर्काउने तयारी रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोले यसअघि साउन ८ गते पनि नयाँ दिल्लीबाटै ४७ महिलाको उद्धार गरेको थियो ।
दिल्लीबाट उद्धार महिलाको उद्धार मानव बेचबिखन अनुसन्धान ब्युरो