Logo
२३ असार २०८३, मंगलबार

नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे

अक्षरपाटी
२०८२ भदौ २ , सोमबार ०५:०८ मा प्रकाशित

काठमाडौं। नागरिक लगानी कोषको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार उनलाई आइतबार अध्यक्षमा नियुक्त गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त हुन।

उनी केन्द्रीय बैंकमा सेवारत हुँदा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभाग सम्हालेका थिए।

तुलसीप्रसाद घिमिरे नागरिक लगानी कोष