Logo
२९ पुस २०८२, मंगलबार

गजल

अक्षरपाटी
२०८२ साउन १६ , शुक्रबार ०१:०८ मा प्रकाशित

० धर्मानन्द भट्ट

अभाव, दुःख, पीडा, पिर उस्तै उस्तै रहेछ
तिम्रो अनि मेरो तकदीर उस्तै उस्तै रहेछ

बग्नै पर्छ ठोक्किएर दुखे पनि जिन्दगी
वारीपारी दुबैतिर भीर उस्तै उस्तै रहेछ

असहज हुँदै भएन मैले तिमीलाई चिन्न
तिमी त्यो तिम्रो तस्वीर उस्तै उस्तै रहेछ

बाँधिएपछि बोक्नैपर्ने चाहे नचाहे नि
जिम्मेवारी र जञ्जीर उस्तै उस्तै रहेछ

घोचेर दुखाउँछ उसै गरि किन किन
तिम्रो वचन त्यो तीर उस्तै उस्तै रहेछ

कमाउने जमाउने रहर गर्दैन उसले
एक्लो यात्री फकिर उस्तै उस्तै रहेछ

गजल धर्मानन्द भट्ट