Logo
८ भदौ २०८३, सोमबार

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत पास

अक्षरपाटी
२०८२ साउन १९ , सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

आज सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी पास भएका छन्।

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा आन्दोलनका कारण वैशाख २१ देखि सञ्चालन भएको थियो।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।

फाइल तस्विर

कक्षाा १२ परीक्षा