


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा सञ्चालन हुने पूर्वनिर्धारित एमबीएस परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
प्रदेशमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको त्रिविका रजिस्ट्रार महानन्द चालिसेले जानकारी दिएका छन्। उनका अनुसार अवस्था सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गरिनेछ।
स्थगित गरिएका परीक्षा केन्द्रहरू:

त्रिविले यी केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।
त्रिविका सहायक डीन डा. भरत राईद्वारा जारी सूचनाअनुसार स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिनेछ।
त्रिभुवन विश्वविद्यालय परीक्षा

